काठमाडौं । गायिका कविता अर्यालको स्वरमा रहेको तीज गीत ‘श्रीमानज्यू’ सार्वजनिक गरिएको छ ।
हरितालिका तीज आउन एक महिना बाँकी रहेका बेला गायिका कविताको स्वरमा रहेको गीत श्रीमानज्यू सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा रमेश परियारको शब्द सिर्जना र कृष्ण केसीको संगीत संयोजन छ । सो गीतको मिक्सिङ र मास्टरिङ खडक बाजुरालीले गरेका हुन् । शंकर बिसीले निर्देशन र कोरियोग्राफी गरेको श्रीमान्ज्यू गीतको भिडियोमा लोसिना लामिछानेलाई मुख्य कलाकारको रूपमा प्रस्तुत गरिएको छ । दुर्गा पौडेलले सिनेम्याटोग्राफरको रूपमा काम गरेका छन् भने नबिन घर्ती मगरले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् ।
गायिका कविताले बज्यै बुहारी, पाँच भाइले बोलायो, मेरी छुनुमुनु, सेनिटाइजर घसेर, टिकटकजस्ता गीतहरूमा स्वर दिइसकेकी छन्।










