स्वस्थ समाज निर्माणका लागि फुटबलमार्फत अभियान– युवा संघको आयोजनामा प्रतियोगिता

काठमाडौँ। राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका–१३ वडा कमिटीको आयोजनामा दोस्रो अजय स्मृति फुटबल कप साउन १५, १६ र १७ गते नागर्जुन स्युचाटरस्थित TYC मैदानमा हुने भएको छ।

साउन १३ गते आयोजित पत्रकार सम्मेलनमा युवा संघ बागमती प्रदेश कमिटीका इन्चार्ज अमित पौडेल,  महानगर युवा संघ नेपाल बागमती प्रदेश सचिवालय सदस्य सन्जय नापित र नेकपा (एमाले) काठमाडौं महानगर कमिटीका अध्यक्ष पुस्प नारायण मानन्धर उपस्थित थिए।

फुटबल कपको उद्घाटन समारोह साउन १५ गते हुने छ, जसमा प्रमुख अतिथीका रूपमा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बश्नेत रहनेछन्। समापन समारोह साउन १७ गते हुनेछ, जसमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथीका रूपमा उपस्थित हुनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्। बिजेताले ४० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् भने उपबिजेताले २० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

युवा संघको बागमती प्रदेश कमिटीका इन्चार्ज अमित पौडेलले पत्रकार सम्मेलनमा बोल्दै युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न र खेलकुदमार्फत एकता तथा स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले अजय स्मृतिको नाममा सुरु गरिएको यो प्रतियोगिता आगामी वर्षहरूमा अझ भव्य रूपमा निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »