भरतपुरमा राष्ट्रिय युवा संघ कप फुटबल हुँदै

चितवन, १५ साउन । भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् ।

राष्ट्रिय युवा संघ अन्तर्गत चितवनका ७ पालिकाबाट नगर कमिटी टिम र एक जिल्ला कमिटीको टोली सहभागी हुने संयोजक सगार बोम्जनले जानकारी दिए ।

सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह क मा राष्ट्रिय युवा संघ चितवन, कालिका नगर कमिटी, राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी रहेका छन् ।

यस्तै समूह ख मा भरतपुर महानगर कमिटी, इच्छाकामना गाउँ कमिटी, माडी र खैरहनी नगर कमिटी रहेका छन् । उद्घाटन खेलमा चितवन जिल्ला कमिटी र कालिका नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुर मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले ६ हजार तथा अन्य विभिन्न ४ बिधाले समान ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए ।

प्रतियोगितलाई रनिङ शिल्डको रुपमा आयोजना गर्ने योजना रहेको पनि उनले बताए ।

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »