नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्कीले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा निर्माणाधीन खेल मैदानका लागि आर्थिक सहयोग गरेका छन्।
नेता कार्कीले खेल मैदान व्यवस्थापनका लागि पचपन्न हजार पाँच सय पचपन्न (रु. ५५,५५५) सहयोग गरेका हुन्। सामाजिक तथा सार्वजनिक सेवामा सक्रिय कार्कीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा योगदान दिँदै आएका छन्।
उनले देश र नागरिक सेवामा आफूलाई समर्पित गर्दै खेल क्षेत्रको विकासमा सहयोग गर्नु आफ्नो दायित्व सम्झिएको बताए। निर्माणाधीन खेल मैदानले स्थानीय युवाहरूको खेल प्रतिभा अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।










