यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाऔँ : मन्त्री दाहाल

काठमाडौँ, १९ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी आज आयोजित कार्यक्रममा उहाँले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो । छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ । अब परम्परागत रूपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई बढाउनु सक्नु बताउनुभयो ।

मन्त्री दाहालले नेपालको विभिन्न क्षेत्रको विकासमा जापानी सहयोग नियोग (जाइका) तथा दातृनीकायहरूले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो । जाइकाका नेपाल प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाललाई सहयोग गर्न पाउँदा जापान खुसी रहेको र आगामी दिनमा सहयोग निरन्तर रहने उल्लेख गर्नुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालका अनुसार जाइकाले तीन वर्षभन्दा लामो समय लगाएर काठमाडौँको सहरी यातायात व्यवस्थापनका बारेमा अध्ययन गरेको हो । ट्राफिक लाइट तथा इन्टरसेक्सन व्यवस्थापनलगायत बारेमा जाइकाले विभिन्न गाइडलाइनसहित सुझाव दिएको छ ।

प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन्। सभामुख अर्यालले

Read More »

नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन्

Read More »

प्रधानमन्त्रीको कार्यतालिका सोध्ने र उपस्थिति तोक्ने अधिकार सभामुखलाई छैन : सभामुख

काठमाडौा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफूलाई प्रधानमन्त्री बालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन्। विपक्षी दलका सांसदहरूले

Read More »

प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित

काठमाडौँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थित

Read More »

सदन सुचारु गर्न सभामुख र प्रमुख सचेतकबिच परामर्श

काठमाडौँ । प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख डोलप्रसाद अर्यालले परामर्श थालेका छन् । सदन सुचारु गर्न सहमति जुटाउन सभामुखले दलका प्रमुख सचेतक र

Read More »

प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको राजीनामा माग भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको

Read More »