गणतन्त्र दिवस समारोहलाई पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् ।

१५ जेठमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो ।

प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको पत्रमा संविधानको धारा ६६ को उपधारा २ अनुसार गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरिएको उल्लेख छ ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहने गर्दछ ।

हालै सरकारको नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री साह गएका थिएनन् । उनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन लगाएका थिए ।

उपयुक्त समयमा प्रधानमन्त्री बालेन शाहको भारतसहित अरू देशको भ्रमण हुन्छ : सरकारका प्रवक्ता

काठमाडौँ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन शाहको भारतसहितका वैदेशिक भ्रमणहरू उपयुक्त समयमा हुने बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने

Read More »

प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई एकसाथ भेट्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका छन् । मंगलबार शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत

Read More »

रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौँ । काठमाडौँको कालीमाटी स्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीकी अध्यक्ष ४० वर्षीया शिला श्रेष्ठ र कोषाध्यक्ष ३५ वर्षीया

Read More »

बेरुजु र कर्मचारी मूल्याङ्कनबिच कडी जोडिएन : सचिव कार्की

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने हो भने विद्यमान बेरुजु उल्लेख्य रूपमा घटाउन सकिने बताएका छन्। सार्वजनिक

Read More »

होर्मुजमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)को नौसेनाले पछिल्लो २४ घण्टामा थप ३३ वटा जहाज होर्मुज जलमार्ग मध्य पार गरेको जनाएको छ । ती

Read More »

गणतन्त्र दिवस समारोहलाई पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । १५ जेठमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष

Read More »