बुद्धका कारण पनि नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

काठमाडौँ, १९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका कारण पनि नेपाल विश्वमा चिनिएको बताउनु भएको छ । गुरु पद्मसम्भवको जन्म दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बुद्ध जन्मस्थल भएका नेपालप्रति आत्मीयता राख्ने राष्ट्रहरूको सङ्ख्या बढिरहेको उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, “हामी बुद्ध र वेदको धरोहर बोकेको देशका नागरिक हौँ, यो पहिचानलाई थप सशक्त रूपमा विश्वसामु प्रस्तुत गर्नुपर्छ ।” उहाँले गुरु पद्मसम्भवले हिमाली बौद्ध परम्परालाई अघि बढाउनुका साथै बौद्ध दर्शनको प्रचार–प्रसारमा समेत ऐतिहासिक योगदान गरेको बताउनुभयो । उहाँको योगदान विश्वभर फैलिएको बुद्ध दर्शनको एउटा महत्त्वपूर्ण आधार भएको पनि मन्त्री पाण्डेको भनाइ थियो ।

“पहिलोपटक गुरु पद्मसम्भवको जन्म दिवसलाई औपचारिक रूपमा कार्यक्रम गरी मनाउनु ऐतिहासिक कदम हो । यस्ता सांस्कृतिक र धार्मिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयाग हुनेछ”, उहाँले भन्नुभयो । मन्त्री पाण्डेले बुद्धको शिक्षालाई संसारले अझै पनि ग्रहण गरिरहेको चर्चा गर्नुभयो । “भौतिक सम्पन्नताले एक हदसम्म मात्र सन्तुष्टि दिन सक्छ, तर अन्तरमनको शान्ति बुद्धमार्गबाट मात्र सम्भव हुन्छ । त्यसैले बुद्ध शिक्षा झनै सान्दर्भिक बन्दै गएको छ”, उहाँको भनाइ थियो ।

दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व देवचुली नगरपालिका ३ दलदलेबाट चेन जिन्क्वयन र ई लिहुवा पक्राउ परेको

Read More »

दुई जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । नवलपरासी पूर्व देवचुली नगरपालिका ३ दलदलेबाट चेन जिन्क्वयन र ई लिहुवा पक्राउ परेको

Read More »

काठमाडौँ उपत्यकामा २४ घण्टामा १,७७३ चालक कारबाहीमा

काठमाडौँ : काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा १,७७३ चालकलाई कारबाही गरिएको छ। ट्राफिक प्रहरीले विभिन्न प्रकारका उल्लङ्घनकर्ताबाट रु ६ लाख

Read More »

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

राजविराज : जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१, भारदहमा आज केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु

Read More »

सशस्त्र प्रहरीद्वारा बाढीमा फसेका २० जनाको उद्धार

महेन्द्रनगर : सशस्त्र प्रहरी बल नेपालको टोलीले कञ्चनपुरको पुनर्वासमा पर्ने दोदा नदी र बाहुन खोलामा आएको बाढीमा फसेका २० जनाको सकुशल उद्धार गरेको छ ।

Read More »

एनआरएनएद्वारा बजेटको स्वागत, सरकारको प्रतिबद्धताले उत्साह थपेको प्रतिक्रिया

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारले शुक्रबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेट सकारात्मक रहेको भन्दै स्वागत गरेको छ। संघको तर्फबाट प्रवक्ता

Read More »