प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

दमक (झापा), २२ साउन । जिल्लाको कमल गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषधजन्य औषधिसहित दुई जनालाई दमक प्रहरीले पक्राउ गरेको छ । कमल-६ का विष्णुप्रसाद बगाले र गङ्गाबहादुर खड्का पक्राउ परेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीको टोलीले कमल–७ गेउरियामा फार्मेसी सञ्चालन गर्दै आउनुभएका बगालेको मङ्गलबारेस्थित घरबाट सात हजार १६० थान प्रतिबन्धित औषधिसहित बुधबार साँझ पक्राउ गरेको हो । बगालेको घरमा लुकाइछिपाइ राखेको ट्रामाडोल तीन हजार थानसहित अन्य सात हजार १६० थान प्रतिबन्धित औषधि फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दमकमा औषधि पसलको थोक बिक्रेता गर्दै आउनुभएका खड्का र बगालेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ । छ महिनामा लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता यसैबीच, प्रनाउ तिमल्सिनाले कमाण्ड सम्हालेयता छ महिनाको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । गत माघ १ गतेदेखि हालसम्म लागुऔषधसम्बन्धी ३४ वटा मुद्दा दर्ता भएका छन् भने ५३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको उहाँले उल्लख गर्नुभयो ।

उहाँका अनुसार गत माघ १ देखि हालसम्म ब्राउनसुगर ६१ ग्राम ७०० मिलिग्राम , ट्रामाडोल ९१ हजार ६६५ ट्याब्लेट, स्पास्पेन ३० हजार १६६ चक्की, स्पास्म एक हजार ६०९ चक्की, गाँजा एक किलो ४०० ग्राम बरामद गरिएको छ । प्रनाउ तिम्सिनाले आफू दमक आएपछि शान्ति सुरक्षा व्यवस्थापन, अपराध न्यूनीकरण र अपराध अनुसन्धानमा महत्त्वपूर्ण कार्य भएको दाबी गर्नुभयो । उहाँका अनुसार पछिल्लो छ महिनामा सवारी ज्यानसम्बन्धी नौ वटा मुद्दा दर्ता भई नौ जना पक्राउ, कर्तव्य ज्यानसम्बन्धी तीन वटा मुद्दा दर्ता भएकोमा तीनैजना पक्राउ परेका छन् । त्यस्तै आर्थिक अपराधसम्बन्धी ३६ वटा मुद्दा दर्ता भएकामा एघार जना पक्राउ परेका छन् भने २५ जना फरार रहेको उहाँले जानकारी दिनुभयो ।

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »