कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो ।

नेता कोइराला पूर्वउपसभापति निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । उनीहरूबीच झण्डै एक घण्टा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ ।

‘खड्का निवासमा शुक्रबार भएको छलफल, पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भयो,’ स्रोतले भने, ‘संघीयताबारे रास्वपा महाधिवेशनमा उठेको विषयमा पनि कुरा भयो ।’

यसअघि बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न कोइराला गल्फुटार पुगेका थिए ।

कोइरालासँगको भेट पछि बिहीबार नै नेता खड्का र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच महाराजगञ्जस्थित कोइराला निवासमा छलफल भएको थियो ।

बिहीबार नै पूर्वउपसभापति निधि, पूर्वमहामन्त्री कोइराला र अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पनि छलफल भएको थियो । छलफलपछि खड्काले नेतृत्व गरेको संस्थापन इतर समूहको बैठक शुक्रबार गल्फुटारमा बसेको थियो ।

बैठकले २२ असारमा चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा बैठक बोलाएर राष्ट्रिय भेलाबारे छलफल गर्ने निर्णय गरेको थियो ।

गल्फुटार बैठकपछि नेता मीन विश्वकर्माले २२ असारमा बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने प्रतिक्रिया दिएका थिए । गल्फुटार बैठकमा शेखर कोइराला भने उपस्थित थिएनन् ।

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »