सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ । यो साझेदारीअन्तर्गत सानिमा बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ ।

बैंकका अनुसार एपीआईमा आधारित भुक्तानीको थालनीसँगै परम्परागत म्यानुअल र ब्याचमा आधारित प्रक्रियालाई पूर्ण रुपमा स्वचालित, वास्तविक समयमै भुक्तानी हुने इकोसिस्टमले प्रतिस्थापन गर्नेछ । यसैगरी, यी दुई बैंकबीच एपीआईमार्फत अमेरिकी डलर भुक्तानीका लागि समझदारी हुने र त्यसले सीमापार सहकार्यमा महत्वपूर्ण कोसेढुंगाको काम गर्ने बताइएको छ ।

सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहललाई सानिमा बैंकले सीमापार बैंकिङ सेवालाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने प्रतिबद्धताको विस्तार भएको र यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई छिटो, सहज र सुरक्षित बनाउने तथा ग्राहक अनुभवमा उल्लेख्य सुधार ल्याउने बताए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका वित्तीय प्रमुख राजकमल बस्नेतले भने, ‘यो साझेदारी स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीमापार विज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपीआईमा आधारित भुक्तानी समाधान प्रदान गर्ने प्रयासको संगम हो । यसले अन्तर्राष्ट्रिय कारोबारको प्रक्रिया समय र लागत घटाउने, पारदर्शिता बढाउने र दक्षता, सुरक्षा तथा अनुपालन सुदृढ बनाउनेछ ।’

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाडौं । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको छ ।

Read More »

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न

Read More »

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिए जेल भर्ने आन्दोलन गर्छौं : धवलशम्शेर राणा

काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र

Read More »

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेन, अर्थतन्त्रको स्वरूप बदल्ने कुरा गफ मात्रै भयो: झाँक्री

काठमाडौँ ।  नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले सरकारले वित्तीय अनुशासन कायम नहुने गरी बजेट विनियोजन गरेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय सभामा विभिन्न मन्त्रालयहरूको

Read More »