ठूलै क्रान्ति नभएसम्म ‘कांग्रेस-एमाले’ को दिमाग खुल्दैन: दाहाल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा विद्यमान यथास्थिति तोड्न अब सडकबाटै अर्को शक्तिशाली क्रान्तिको आवश्यकता रहेको बताएका छन्। पुराना दल र शक्तिहरूको मानसिकता जनदबाबबिना परिवर्तन नहुने संकेत गर्दै उनले शिक्षाजस्ता महत्त्वपूर्ण क्षेत्रमा सुधारका प्रयासहरूमाथि नियोजित हमला भइरहेको आरोप लगाए।

बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित ‘शैक्षिक संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुराना शक्तिहरूले सुधारका एजेन्डा रोक्न थालेपछि आफूलाई फेरि आन्दोलनको नेतृत्व गर्नुपर्ने महसुस भएको बताए। ‘मैले कहिलेकाहीँ भन्ने गर्छु, नेपालमा अर्को क्रान्ति चाहिएकै छ,’ आक्रोशित मुद्रामा प्रस्तुत भएका दाहालले भने, ‘मैले सशस्त्र क्रान्ति भनेको होइन। तर, सडकबाट एउटा ठूलै क्रान्ति नभएसम्म यिनीहरूको दिमागमा छिर्ने देखिएन।’

उनको टिप्पणी विशेषगरी विद्यालय शिक्षा विधेयकलाई नेकपा (एमाले) र नेपाली कांग्रेसले रोकेकोप्रति लक्षित थियो। शिक्षा क्षेत्रमा सुधार गर्न खोज्दा पुराना दलहरूबाटै बारम्बार हमला हुने गरेको भन्दै दाहालले परिवर्तनका एजेन्डाहरूलाई संस्थागत हुन नदिने प्रवृत्ति हाबी भएको सुनाए।

‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ, तर हामीले ब्युरोक्रेसीमा, हामीले न्यायपालिकामा, हामीले ठूला र पुराना भनिएका पार्टीका नेताहरूको दिमागमा क्रान्ति ल्याउन सकेका छैनौं उनले भने, ‘त्यसैकारण एउटा नयाँ क्रान्ति, एउटा नयाँ आन्दोलन यो देशमा आवश्यक छ।’ उनले आफू फेरि एकपटक नयाँ आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताउँदै जनतामा जानुको तात्पर्य पनि यही भएको स्पष्ट पारे।

सिक्टा सिँचाइ आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समय सीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका

Read More »

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »