अनुकूलन खेती अपनाउन आवश्यक : मुख्यमन्त्री सिंह

महोत्तरी, २२ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृति र मौसमअनुकूल हुनेगरी खेती गरिनुपर्ने बताउनुभएको छ । उहाँले आज लालगढमा आयोजित दोस्रो आँप गोष्ठीलाई सम्बोधन गर्दै यसपालीको लामो खडेरीबाट चेत्दै अब परम्परागत ढाँचाभन्दा जेजस्तो अवस्था बन्ने र त्यसको अनुकूलन हुनेगरी खेती गरिनुपर्ने बताउनुभयो । “हाम्रो मधेशको मुख्यबाली धान हो, तर यसपाली लामो खडेरीले अपेक्षित खेती गरिने अवस्था रहेन”, सिंहले भन्नुभयो, “त्यसैले अब खडेरीअनुकूल हुने गरी खेती गर्न जान्नु पर्दछ ।” देशभरिमा आँपको उत्पादनमा मधेशको ७० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको चर्चा गर्दै उहाँले पूूर्वपश्चिम लोकमार्ग उत्तरका बाँझा पाखामा आँप र अन्य फलपूmल लगाउन सकिने बताउनुभयो । यसतर्फ किसान र स्थानीय तहको प्रयत्नमा प्रदेश सरकारको साथ रहने उहाँको प्रतिबद्धता थियो । पानी नपर्दा धान लगाउन नपाइने सत्य हामी सबैलाई थाहा हुँदाहुँदै यसको विकल्प सोच्न ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।

चुरे काछका बाँझा चउर, नदी किनारका उकास जग्गा रुखबिरुवाले हराभरा बनाउन सके वातावरण सन्तुलनमा पनि योगदान हुने सिंहले बताउनुभयो । मधेशलाई आँपको ‘हब’ बनाउन विशेष पहलकदमी बढाउनु पर्ने उहाँको भनाइ छ । “अहिले नेपालमा उत्पादन हुने आँपमा मधेशको ७० प्रतिशत योगदान छ, अब आँप विदेशमा निर्यात गर्नेगरी उन्नत प्रविधिबाट खेती बढाउनु पर्छ”, सिंहले भन्नुभयो । कार्यक्रममा मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा उमेश दाहालले आँपको वैज्ञानिक प्रविधिबाट खेती गरिए यसबाट आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान हुने बताउनुभयो । यसैगरी फलपूmल विज्ञ डा शान्ता कार्कीले विगतमा आँपको उत्पादनको अवस्था र यो खेतीमा अपनाउनुपर्ने नविनतम प्रविधिका बारे चर्चा गर्नुभयो । यसैगरी राष्ट्रिय फलपूmल विकास केन्द्र किर्तिपुरका प्रमुख महेशचन्द्र आचार्यले आँपखेतीको राष्ट्रिय अवस्थाबारे प्रकाश पार्नुभयो ।

मुलुकभरि ५२ हजार ९७५ हेक्टरमा आँपखेती रहेमध्ये मधेशमा ३४ हजार ७९८ हेक्टरमा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । मधेशमा यसपाली तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको र यो मुुलुकको कूल उत्पादनको ७० प्रतिशत रहेको आचार्यले उल्लेख गर्नुभयो । नेपाल सरकार कृषि विभाग, दातृसंस्था आइसीमोड, स्थानीय सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र आर ऐण्ड डीसहितका निकाय तथा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा दातृ निकाय आइसीमोडका कृषि उपनिर्देशक इजाबेला कोजेललले यहाँका स्थानीय तह र प्रदेश सरकारको यस दिशाको प्रयत्नमा आफ्नो उदात्त सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रम कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »