उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित

काठमाडौँ, २३ साउन । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभाअन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रियासम्बन्धी प्रतिवेदन पारित गरेको हो ।

समितिअन्तर्गत गठित विभिन्न समितिले बाँके, बर्दिया, सुर्खेतका उद्योग तथा भन्सार कार्यालय, झापा मोरङ, सुनसरी र उदयपुरका उद्योग तथा भन्सार कार्यालय, मकवानपुर र धनुषाका अन्तरक्र्रिया, स्पन्ज आइरन र विलेट्स उद्योगको अनुगमन तथा रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम)का उद्योग र भन्सार कार्यालयको अनुगमन गरेको थियो ।

यस्तै, समितिले नेपाल औषधि लिमिटेड र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरको छात्रावासको स्थलगत अध्ययन गरी सरोकारवालालाई निर्देशन दिएको थियो । समितिका सभापति अब्दुल खाँनले उपसमितिले दिएका प्रतिवेदनलाई एकीकृत गरी मूल प्रतिवेदन तयार गरिने र छिट्टै संसद्मा पेस गरिने बताउनुभयो । समितिका सदस्यहरुले संसद्मा पेस गरेर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »