रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धनले पर्वले पारिवारिक आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने दिनको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताउनुभएको हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्व हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने गरेको उल्लेख गर्नुभयो ।

“आत्मिक शुद्धी, संयम, दान र आत्मबलको प्रतीक जनैपूर्णिमा पर्वले सबैमा धर्म, संस्कार र कर्तव्यबोधको भावना जागृत गराउनुका साथै रक्षाबन्धनले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ”, उहाँले शुभकामनामा भन्नुभएको छ, “यसै दिन नौ प्रकारका अन्नबाट तयार गरिने परम्परागत परिकार क्वाँटी खाने चलनले हाम्रो मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसँगै जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतनालाई समेत उजागर गर्दछ ।” जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचानको सुदृढीकरणमा योगदान पु¥याउने उहाँको विश्वास छ ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »