अठारौँ पुस्तकालय दिवस मनाउन मूल समारोह समिति गठन

काठमाडौँ, २४ साउन । यस वर्ष अठारौँ पुस्तकालय दिवस ’हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने आदर्श वाक्यका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । नेपाल सरकारले हरेक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ । यस वर्ष पुस्तकालय दिवस मुलुकभर रचनात्मक र सन्देशमूलक विविध कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने तयारी भइरहेको प्रचारप्रसार उपसमितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले जानकारी दिनुभयो । मूल समारोह समितिको उपाध्यक्षमा मन्त्रालयका विद्यालय शिक्षा महाशाखा प्रमुख सहसचिव रुद्रप्रसाद अधिकारी तथा पुस्तकालय समन्वय, अभिलेख शाखा उपसचिव प्रेमराज अधिकारी सदस्य सचिव रहनुभएको छ । समितिमा नेपालको राष्ट्रिय पुस्तकालय, केसर पुस्तकालय, डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय, नेपाल सामुदायिक पुस्तकालय सङ्घ, नेपाल पुस्तकालय सङ्घलाई समावेश गरिएको छ ।

त्यसैगरी कोशी प्रदेश पुस्तकालय महासङ्घ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, त्रिवि पुस्तकालय विज्ञान विभाग केन्द्रीय विभाग, नेपाल खुला विश्वविद्यालयलगायत २० भन्दाबढी महत्वपूर्ण संस्थाका प्रतिनिधि रहनुभएको छ । पुस्तकालय दिवसलाई सफल तुल्याउन पुस्तकालय क्षेत्रको विकास तथा विस्तारमा संलग्न सबै सरोकारवालाको मूल समारोह समितिमा सहभागिता रहनेछ । पुस्तकालय दिवसका अवसरमा सम्मान तथा पुरस्कार छनोटका लागि सहसचिव अधिकारी संयोजक रहनुभएको पाँच सदस्यीय उपसमिति तथा नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेय संयोजक रहनुभएको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ स्थानीय तह, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत ७७ शिक्षा विकास तथा समन्वय एकाइ, विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक संस्था एवं पुस्तकालयको विकास र विस्तारमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थामा विविध कार्यक्रम गरी दिवस मनाउन अनुरोध गर्ने निर्णय गरेको छ ।

पुस्तकालय दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्न सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सबै स्थानीय तह, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घलाई आवश्यक सहजीकरणका लागि अनुरोध गर्ने निर्णय भएको प्रचारप्रसार उपसमिति संयोजक पाण्डेयले जानकारी दिनुभयो । त्यसैगरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै शिक्षा विकास र समन्वय एकाइ, विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालय र उच्च शिक्षा प्रदायक संस्था, पुस्तकालय विकासमा संलग्न सबै गैरसरकारी सङ्घसंस्थालाई पनि पुस्तकालय दिवस भव्य रूपमा मनाउन अनुरोध गरिने उहाँले बताउनुभयो । यसैक्रममा सम्बन्धित सबैलाई पुस्तकालय दिवसका अवसरमा विविध कार्यक्रम सञ्चालन गरी तिनको प्रतिवेदन सचिवालयमा पठाउन परिपत्र गरी जानकारी गराउन अनुरोध गरिएको छ । नेपालभरि पुस्तकालय विकास, पाठक, पुस्तक, पुस्तकालय तथा सूचना विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका योग्य पुस्तकालय, पुस्तकालय अभियानकर्मी र पुस्तकालयकर्मीको विवरण सङ्कलन सुरु गरिएको छ । यसअन्तर्गत देशभरका उत्कृष्ट पुस्तकालय र तिनका अभियानकर्मीलाई पुरस्कारका लागि छनोट प्रक्रियामा समावेश गरी कार्य मूल्याङ्कनका आधारमा पुरस्कृत तथा सम्मानित गर्ने कार्यक्रमसमेत रहेको छ । यस कार्यक्रममार्फत पुस्तकालय सेवा प्रवद्र्धनमा सक्रिय रहेका व्यक्ति र संस्थालाई सम्मान गरी नेपालमा पुस्तकालय क्षेत्रको विकासलाई अझ सशक्त बनाउने उद्देश्य राखिएको छ ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »