सानो गोसाइँकुण्ड भनिने रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

भक्तपुर, २४ साउन । सानो गोसाइँकुण्डका रूपमा परिचित भक्तपुर चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन रत्नचडेश्वर महोदव पोखरीमा महादेव पोखरी मन्दिरमा आएर कुण्डमा स्नान गरी महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने, रोग नाश हुने मनोकाङ्क्षा पूरा हुने मान्यता रहेकाले परम्परादेखि नै यहाँ हरेक जनैपूर्णिमाको दिनमा भीड लाग्ने गर्दछ । हरेक वर्षको जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ मध्यरातिदेखि नै दर्शनार्थीको भीड लाग्ने गरेको चाँगुनारायण नगरपालिका–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

महादेव पोखरी कुण्डमा मेला भर्न दिनभरी नै भीड लागेको भन्दै उहाँले हिन्दू र बौध धर्मावलम्वीहरुले मेला भर्न आएको बताउनुभयो । काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, बनेपा, पनौतीदेखिका मानिस मेला भर्न आएको बताउदै वडाध्यक्ष लामाले रसुवाको गोसाइँकुण्डको पानी यहाँको कुण्डमा आउने जनविश्वास रहँदै आएकाले सयौँ वर्षदेखि यहाँ मेला लाग्दै आएको बताउनुभयो । मेलाको अवसर छोप्दै यस क्षेत्रमा हिजो बेलुकीदेखि नै दुईदिने व्यापारका लागि सयौँ पसलहरु खुलेका छन् । यहाँ आसपासमा ठूलो बजार लागेको बताउँदै उहाँले रातिदेखि नै हिन्दू र बौद्ध धर्मापलम्वीहरु विभिन्न झाँकीसहित पूजा गरेका छन् । उहाँले आज यहाँका बासिन्दाले महादेवलाई नयाँ मकै चढाउने गर्दछन् ।

उहाँका अनुसार यसवर्ष फलेको मकै आज चढाएपछि मात्रै स्थानीयले खाने गर्दछन् । गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा रहेको बताउँदै वडाध्यक्ष लामाले कुण्डमा विभिन्न जातजातिका समुदायले आआफ्नो परम्पराअनुसार पूजा झाँकीसहित आएर मेला भरेको बताउनुभयो । आजै भक्तपुरको कालदहमा बिहानैदेखि मेला लागेको छ । भक्तपुर नगरपालिका व्यासी औद्योगिक क्षेत्रस्थित कालदहमा स्नान गरेरबीचमा रहेको महादेवको पूजा गर्दा छालालगायत शरीरमा भएको रोग निका हुने धार्मिक विश्वास रहँदै आएको छ । आज विशेष गरी यहाँ भक्तपुरका नेवार समुदायले स्नान तथा पूजा गरेका छन् ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »