राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा महिलाको प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता, आवेदन खुला

काठमाडौं । स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४”को आवेदन खुला गरिएको छ। सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन असार ३१ गते हुने तय भएको छ। पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता अन्सु बर्मा, मिसेस युनिभर्सल सिजन २ र ३ का विजेता निर्णायकका रूपमा उपस्थित थिए।

प्रतियोगिताका अफिसियल कोरियोग्राफर अन्जल कुँवर रहेका छन् भने कार्यक्रम कोअर्डिनेटर अस्मिता राई (अमृता) हुन्। आयोजकका अनुसार ग्राण्ड फिनाले असोज ३ गते नेपाल प्रहरी क्लबको हल, प्रदर्शनी मार्गमा भव्य रूपमा आयोजना हुनेछ। प्रतियोगिताले प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर उपलब्ध गराउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै स्पार्कल इन्टरटेनमेन्टका अध्यक्ष नितु श्रेष्ठले प्रतियोगिताले सहभागी महिलाहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिभा विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्। उनले निष्पक्ष मूल्याङ्कन, पेशेवर प्रशिक्षण र अवसरहरूको माध्यमबाट प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने उद्देश्य रहेको बताइन्।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »