ऊर्जामन्त्री खड्कासँग अष्ट्रेलियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ २६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालस्थित अष्ट्रेलियाका राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा मन्त्री खड्काले नेपाललाई अस्ट्रेलियाले गर्दै आएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । मन्त्री खड्काले अष्ट्रेलियाले नेपाललाई दिँदै आएको छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमले नेपालको जनशक्ति सुदृढीकरणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो । भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष प्रवेश भएकोमा खुसी व्यक्त गर्दै मन्त्री खड्काले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिँचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको बताउनुभयो ।

उहाँले नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाउनुभयो । भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई आगामी सेप्टेम्बर ८ देखि १० सम्म फ्रान्सको पेरिसमा आयोजना हुने अन्तरराष्ट्रिय पम्प स्टोरेज जलविद्युत् सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गर्नुभयो । उहाँले नेपालले ऊर्जा क्षेत्रको विकासका लागि मन्त्री खड्काकै कार्यकालमा ऊर्जा विकास मार्गचित्र ल्याएकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । राजदूत जोनस्टनले वातावरणीय सन्तुलन कायम राख्दै जलविद्युत् विकास नेपालका लागि लाभदायी हुनेमा विश्वास व्यक्त गर्दै यस महत्वाकांक्षी योजनामा अष्ट्रेलियाको सहयोग र साझेदारी रहने आश्वासन दिनुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »