गुन्द्रुक ब्रान्डिङ गर्दै भानु नगरपालिका, विदेश निर्यात गर्ने लक्ष्य

काठमाडौं । तनहुँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गर्ने र यसलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना बनाएको छ ।
‘भानु गुन्द्रुक’ ब्रान्डमार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना रहेका नगरपालिकाले जनाएको छ ।


स्थानीय उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्ने उद्देश्यअनुुसार गुन्द्रुकलाई पनि ब्रान्डिङ गरेर निर्यात गर्ने रणनीति बनाइएको मेयर आनन्दराज त्रिपाठीले जानकारी दिए ।


उनका अनुसार गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम प्रविधि तथा व्यवस्थापन प्रणालीको प्रयोग गरिनेछ ।
गुन्द्रुकलाई ब्रान्डिङ गर्न स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार गर्ने बताइएको छ ।


उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्युआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ ।


मेयर त्रिपाठीका अनुसार भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने उद्देश्य लिइएको छ । यसबाट कृषकलाई आर्थिक रूपमा सबल बनाउन सकिने अपेक्षा गरिएको उनले बताए ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »