नेपालबाट थप २०० मेगावाट विद्युत् निर्यातका लागि भारतको सहमति

काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार यसअघि अनुमति प्राप्त ८१०.९ मेवामा थप २०० मेगावाट निर्यात गर्न सहमति दिएको छ । अब नेपालबाट यस अघि अनुमति प्राप्त ८१०.९ मेवामा र थप २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९ मेगावाट पुगेको छ ।

बङ्गलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्वीकृति १०५०.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ  । पछिल्लो पटक श्रावण २६ गते भारत सरकारबाट प्राप्त स्वीकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि रहेको छ । यस अन्तर्गत लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादन भएको विद्युत् निर्यात हुने छ ।

आर्थिक वर्ष २०८१/०८२ मा नेपालबाट १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ । त्यसमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्वीकृतिले चालु आर्थिक वर्षमा निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »