कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्ने

काठमाडौँ, २७ साउन । राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुननसकेको बताउनुभयो । नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्यालले कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको हो । चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाउनुभयो ।

राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो । यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले युवा लक्ष्यित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मतसम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गर्नुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »