कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक हुन् : राष्ट्रपति

काठमाडौँ, २७ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलले कानुन व्यवसायी लोकतन्त्र र विधिको शासनका रक्षक भएको बताउनुभएको छ । नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ को का अवसरमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका वेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताउनुभयो । “विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ ।”

राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भए पनि कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पार्नुभयो । नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनामा कानुन व्यवसायीले पु¥याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक पर्ने बताउनुभयो ।

उहाँले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरूप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवं यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता बहन गर्ने कानुन व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । राष्ट्रपति पौडेलले परिषद्ले कानुन व्यवसायीको इजाजत प्राप्तिका लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानुन व्यवसायीको क्षमतालाई सिधै प्रतिविम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेशाको मर्यादा अभिवृद्धि गर्ने हुँदा यसको पालना भए नभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने सुझाव दिनुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »