गोमतीदेवीको नक्कली मृत्युदर्ता बनाउनेलाई काननी दायरामा ल्याउन माग

काठमाडौँ, २८ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रूपा सोशी चौधरीले कानुनतः मरिसकेकी गोमतीदेवी गिरी न्यायको खोजीमा हिँडेकी जनाउँदै उहाँलाई न्याय दिएर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । बैठकको आकस्मिक समयमा उहाँले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–४ की गोमतीका श्रीमान्ले छ वर्षअघि निजको मृत्युदर्ता गरेकाले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । छ वर्षपछि मात्र गोमतीदेवीले आफू मरिसकेको थाहा पाएकी थिइन् ।

“स्थानीय तहमा मुचुल्काबिना मृत्युदर्ता गर्न मिल्छ कि मिल्दैन?, अज्ञानताले भएको हो भने सच्याउनुपर्छ, नियत वा मिलेमतोमा गरिएको हो भने दोषीलाई कारबाही गर्नुपर्छ”, सांसद चौधरीले भन्नुभयो । जीवित पीडित गोमतीलाई न्याय दिन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रभु साहले कारागार किन सुरक्षित नभएको प्रश्न गर्दै मङ्गलबार वीरगञ्ज कारागारमा समयमा उपचार नपाएर कैदी राहुल साहको निधन भएको बताउनुभयो । कैलाली कारागारमा केही दिनअघि भरत चौधरीको मृत्यु भएको घटनाको जिम्मा कसले लिने भनी उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद साहले आर्थिक अनियमितता, लेनदेनलगायत कारणले कारागारमा समस्या हुने गरेको बताउँदै यसमा सरकारको लापरबाहीले यस्तो घटना भएको आरोप लगाउनुभयो ।

जेललाई सुधार गृहमा लैजाने अभ्यास नभएकाले समस्या आउन थालेको उहाँको भनाइ छ । सांसद अम्बरबहादुर थापाले सरकारले भन्ने गरेको सुशासन कैलाली कारागारको घटनाले देखाएको बताउनुभयो । सरकारको सुरक्षा घेराभित्र रहेका कैदीकै सुरक्षा हुन सक्दैन भने अन्त कता सुरक्षा हुन्छ ? उहाँले प्रश्न गर्नुभयो । एक सय ५० कैदी राख्ने क्षमता भएको कारागारमा किन तीन गुणाभन्दा बन्दी राखिएको भन्दै उहाँले कैदीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद हितराज पाण्डेले पाँच जना सांसदले बोलिसक्दा पनि संसद्भित्रको टेलिभिजनले काम नगरेकाले देखिने गरी व्यवस्था गराउन सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »