पाकिस्तानमा स्वतन्त्रता दिवसमा गोली चल्यो : ३ जनाको मृत्यु, ६० भन्दा बढी घाइते

काठमाडौं । पाकिस्तानले आज १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको उत्सव मनाइरहेका बेला कराँची शहरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार ज्यान गुमाउनेहरूमा एक वृद्ध व्यक्ति र एक बालिकासहित तीन जना रहेका छन् ।

प्रहरीका अनुसार कराँचीको लियाकताबाद, कोरंगी, लियारी, महमूदाबाद, अख्तर कोलोनी, केमारी, ज्याक्सन, बलदिया, ओरंगी टाउन र पापोश नगर जस्ता क्षेत्रहरूमा गोलीबारीका घटनाहरू भएका छन् ।

यस्तै, शरीफाबाद, नजामाबाद, सुरजानी टाउन, जमान टाउन र लान्धी जस्ता क्षेत्रमा पनि गोलीबारी भएको छ ।

प्रहरीले आफ्नो अनुसन्धान सुरु गरेको छ र हवाई फायरिङमा संलग्न व्यक्तिहरू विरुद्ध कडा कारबाही गरिने आश्वासन दिएको छ ।

पाकिस्तानमा स्वतन्त्रता दिवस मनाउने क्रममा हरेक वर्ष गोलीबारीका घटनाहरू हुने गर्छन् । सन् २०२४ मा पनि यस्तै घटना भएको थियो । यसमा एक बालकको मृत्यु भएको थियो भने ९५ जनाभन्दा बढी घाइते भएका थिए।

भारतको एक दिन अगाडि पाकिस्तानमा स्वतन्त्रता दिवस मनाइन्छ ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »