सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताएका छन् । पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव दिवसीय अन्तर्क्रिया’ कार्यक्रममा सभापति देउवाले सूचना प्रविधिले जनताको जीवन शैलीलाई बदल्न मद्दत पुर्‍याइरहेको बताए ।

देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताए । उनले नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ,’ देउवाले भने, ‘ नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको छ ।’

देउवाले कांग्रेस पनि सहभागी वर्तमान सरकार डिजिट नेपाल बनाउन लागिरहेकोसमेत बताए । अहिलेको युग विज्ञान, प्रविधिको युग भएको बताउँदै देउवाले यसका सकारात्मक पक्ष धेरै भएको बताए । डिजिटल प्रविधिका सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारात्मक पक्ष पनि देखिएको बताए । त्यसका लागि सचेत भएर बढ्नु पर्ने र नकारात्मक पक्ष रोक्न सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको बताए । ‘डिजिटल प्रविधिका धेरै सकारात्मक पक्ष छन् तर पछिल्लो समय यसका नकारात्मक पक्ष पनि बाहिर आइरहेका छन्,’ देउवाले भने, ‘यसलाई रोक्न आम नागरिक सचेत हुनुपर्छ । सरोकारवाला पक्षले ध्यान दिनुपर्छ ।’

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »