प्राकृतिक विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड

काठमाडौँ, २९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुनजन्य प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षति र जोखिम न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभएको छ । बैठकमा उहाँहरूले बाढीपहिरो जस्ता मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, पूर्वसूचना, राहत तथा उद्धार समयमा हुनुपर्नेमा जोड दिनुभएको हो । बैठकको आकस्मिक समयमा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको त्रिशूली बजारमा विद्युत् प्राधिकरणको जलविद्युत् केन्द्रको नहरबाट खानेपानी आपूर्ति भइरहेकामा बाढीका कारण क्षतिग्रस्त हुँदा खानेपानीको समस्या भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

“तत्काल समस्या समाधान गर्न आवश्यक छ, ओखरपौवामा फोहरका कारण वायु र पानी प्रदूषण हुँदा समस्या भइरहेको छ । राष्ट्रिय फोहर प्राधिकरण गठन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । प्राकृतिक विपद्का कारण जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । सांसद भगवती चौधरीले स्थानीय तहले जनताका आवाज उठाउँदा जनप्रतिनिधिले अनावश्यक दुःख दिएका भन्दै जनताको विकासलाई उपेक्षा गर्न नहुनेमा जोड दिनुभयो । सांसद अमनलाल मोदीले कोशी प्रदेशले कामकाजको भाषामा थारु भाषालाई उपेक्षा गरेको भन्दै यो विषयमा सरोकार भएका सबैको गम्भीर ध्यान जानुपर्नेमा जोड दिनुभयो । “ग्रामथानदेखि गाउँपालिका, नेताचोकदेखि पूर्वको केरुङसम्मको बाटो ठूलो नहर मोरङ–सुनसरीअन्तर्गत पर्छ ।

त्यस्तै पश्चिममा खनारसम्म आज त्यहाँ बाटो हिलाम्मे भएर हिँड्न नसक्ने अवस्था आएको छ, तसर्थ यो विषयमा पनि सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो । सांसद बिजुला रायमाझीले शीतगङ्गा नगरपालिका–९ र ११ जोड्ने राङसिङ खोलाको निर्माणधीन पुल नबन्दा सर्वसाधारणको ज्यान गएको भन्दै समयमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सांसद किरणकुमार साहले मधेशका किसानले पहिला वर्षा नहुँदा समयमा रोपाइँ गर्न नपाएका तर अहिले भने बाढीको जोखिम रहेको भन्दै बाढीबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि नदी नियन्त्रण गर्नुपर्ने बताउनुभयो । सांसद सराज अहमद फारुकीले धरानमा पहिरोका कारण घर जोखिममा रहेका भन्दै समयमा विपद् व्यवस्थापनका लागि पूर्वसूचना र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताउनुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »