जम्मू–कश्मीरमा बादल फुट्दा मृत्यु हुनेको संख्या ४५ पुग्यो

काठमाडौं, ३० साउन । जम्मू–कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा क्लाउड ब्रस्ट हुँदा (बादल फुट्दा) कम्तीमा ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

किश्तवाड जिल्ला अस्पतालमा अहिलेसम्म ३५ जनाको शव ल्याइएको छ, जसमध्ये ११ जनाको पहिचान भइसकेको छ । मृतकको संख्या अझ बढ्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनका अनुसार कम्तीमा ७० जना घाइतेलाई ब्लक र जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

जम्मू–कश्मीरका उपमुख्यमन्त्री सुरिन्दर चौधरीले घाइतेको संख्या करिब १०० पुगेको जानकारी दिएका छन् ।

घटनास्थलमा अचानक बाढी आएको थियो । यो क्षेत्र मचैल माता यात्राको सुरुवाती बिन्दु हो, जहाँ घटना बेला ठूलो भीड रहेको बताइएको छ ।

भारतीय सेनाको ह्वाइट नाइट कोप्र्सले राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको जनाउँदै ६०–६० सैनिकका पाँच टोली र मेडिकल टिम घटनास्थलमा परिचालन गरिएको जनाएको छ । बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी छ ।

जम्मू–कश्मीरको मुख्यमन्त्री कार्यालयले हेल्प डेस्क र कन्ट्रोल रुम नम्बर सार्वजनिक गरेको छ ।

राष्ट्रपति द्रौपदी मुर्मुले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले प्रभावित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै राहतका लागि आवश्यक सबै सहयोग उपलब्ध गराइने बताएका छन् ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »