काठमाडौँ — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसका अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।
सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत आफ्ना भारतीय समकक्षी डा. एस. जयशङ्करलाई ट्याग गर्दै उनले नेपाल–भारतबीचको लामो र दिगो साझेदारीलाई नेपालले उच्च महत्व दिने बताइन्।
“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ। भारत विश्वभरका मुलुकका लागि प्रेरणादायी रहोस् र लोकतन्त्रको उज्ज्वल उदाहरण बन्न निरन्तर अग्रसर रहोस्,” उनले लेखेकी छिन्।











