अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ छ : सभापति देउवा

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा पार्टी दृढ रहेको बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसकै नेतृत्वमा रहेको सरकारले निरङ्कुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराए । उनले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताए ।

मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धिलाई जोगाउन र अझै समावेशी लोकतन्त्र बनाउन कांग्रेस दृढ रहेको रहेको उल्लेख गरे । मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न नेपाली कांग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको उनले बताए । सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न आदिवासी समुदायसँग नेपाली कांग्रेसले सहकार्य गर्ने बताए ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »