नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’

पाटन (ललितपुर), ३० साउन । नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यसहित यहाँ ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गरिएको छ । आइसिटी फाउन्डेसन नेपालद्वारा आयोजित एकदिवसीय कन्क्लेभले डिजिटल पूर्वाधार र सम्पर्कमा सुधार, डिजिटल साक्षरता, सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन, नवप्रवर्तन र उद्यमशीलता प्रोत्साहन, डिजिटल प्रविधिको फाइदा र पारदर्शिताप्रति जनचेतना वृद्धि गर्ने अभिप्राय राखेको जनाइएको छ । कन्क्लेभमा डिजिटल पद्दतिमा आधारित शासन, सार्वजनिक पूर्वाधार, स्वास्थ्य सेवा, अर्थतन्त्र, सूचना प्रविधि उद्योग संवाद, शक्ति संवादलगायत विषयमा आधारित सत्रहरू छन् ।

फाउन्डेसनका अध्यक्ष राजन लम्सालले कन्क्लेभले डिजिटल नेपाल सिर्जनामा समावेशिता, नवप्रवर्तन र साझेदारीलाई प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी, समाजसेवी, उद्यमी र प्राविधिक, विज्ञहरू गरी ५०० भन्दाबढीको सहभागी रहेको छ । यहाँ १५ भन्दाबढी डिजिटल नयाँ परियोजना प्रदर्शनीमा राखिएका छन् भने अनुसन्धानपत्रहरू प्रस्तुतिका लागि वातावरण तयार गरिएको अध्यक्ष लम्सालको भनाइ छ । अल्पास टेक्नोलोजी प्रालिका संस्थापक युजेस मलेकु श्रेष्ठले यस किसिमको कन्क्लेभले नवप्रवर्तनका क्षेत्रमा क्रियाशील युवालाई प्रोत्साहन मिल्ने भन्दै सरकारीस्तरबाट हरेक वर्ष यस्ता बृहत् कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

“विसं २०७५ देखि सूचना प्रविधिका क्षेत्रमा क्रियाशील छु, साथीहरूमा विदेश जाने लहर चलेका बेला नेपालमा नै केही सिर्जनात्मक काम गरौँ भन्ने लाग्यो । सुरुमा त गाह्रो भयो, निरन्तर मेहनत गर्दा स्वदेशी तथा विदेशी सङ्घसंस्थाका लागि २० वटाभन्दा बढी एपहरू बनाएर सेवा दिएका छौँ । ललितपुर महानगरले प्रयोगमा ल्याएको एलएमसी अलर्ट हामीले नै बनाएका हौँ”, उहाँले भन्नुभयो । श्रेष्ठले यस्ता कन्क्लेभले नयाँनयाँ प्रविधिको जानकारी दिन, सूचना प्रविधिको विकासबारे बहस र पैरवी गर्नाका साथै सञ्जाल विस्तार गर्न सहयोग पु¥याउने बताउनुभयो । कन्क्लेभको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यास मिडिया नेटवर्कका प्रतिनिधि सञ्जय सिल्वाल गुप्ताले डिजिटल प्रविधिका क्षेत्रमा सरकारले गरिरहेको काम र नीतिगत व्यवस्थाका बारेमा अन्तरसंवाद गर्नुभएको थियोे ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »