पसल जाँदा बाटो छेकेर १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

सङ्खुवासभा । १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई  पुर्पक्षका लागि कारागार चलान गरिएको छ।  सङ्खुवासभा मकालु गाउँपालिका–३ हेदाङ्ना, मानेडाँडा गाउँटोल घर भएका  ३७ वर्षीय धर्मबहादुर गजमेरलाई  कारागार चलान गरिएको हो ।

२०८२ साल वैशाख महिनाको एक साँझ किशोरी घर नजिकै रहेको पसलमा थुक्पा किन्न गएका बेला बाटो छेकेर गजमेरले एकान्त स्थानमा लगी धाकधम्की दिई जबरजस्ती करणी गरेको पीडित पक्षको जाहेरीमा उल्लेख छ।

जाहेरीका आधारमा प्रहरीले उनलाई साउन ८ गते पक्राउ गरी अनुसन्धान पश्चात् जिल्ला अदालत संखुवासभामा पेस गरेको थियो। अदालतले २०८२ साल साउन ३० गतेको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार कार्यालय खाँदबारी चलान गरेको हो। सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »