पाकिस्तानमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुग्यो

काठमाडौं, १ भदौ । पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ ।

शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा हालसम्म ३३२ जनाको मृत्यु भएकोे हो । भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए ।

पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ । जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ ।

पिडिएमएको रिपोर्ट अनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ । शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ ।

क्षतिको भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »