रुपन्देही-३ को उपनिर्वाचनबारे प्रतिवेदन तयार गर्दै एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनका विषयमा अध्ययन प्रतिवेदन पेस गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।  कार्यदलको संयोजक उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणि चौधरी रहेका छन् ।

त्यस्तै सचिव सोमप्रसाद पाण्डे, प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँ, रुपन्देही जिल्ला इन्चार्ज नन्द बन्जाडे र जिल्ला अध्यक्ष हिराध्वज शाह कार्यदलमा रहेका छन् । 

उक्त कार्यदलले भदौ दस गतेभित्र प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । सोही कार्यादेश अनुसार आइतबार कार्यदलको पहिलो बैठक बसेर काम थालेको सचिव पाण्डेले जानकारी दिए ।

आगामी कात्तिक १७ गते रुपन्देही ३ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनमा एकीकृत समाजवादी एक्लै निर्वाचन लड्ने कि अन्य पार्टीहरूसँग सहकार्य गर्ने भन्ने प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »