चाडपर्वमा क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाही हुनुपर्छ : सांसद ज्वाला

काठमाडौँ । सांसद प्रकाश ज्वालाले दसैँ–तिहार जस्ता चाडपर्वमा सर्वसाधारणले हरेक वर्ष भोग्नुपरेको यातायातको सकस अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा बोल्दै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराए । 

उनले यातायात व्यवसायीहरूले मनोमानी भाडा बढाउने, बिचौलियाले टिकटको कालोबजारी गर्ने र क्षमताभन्दा बढी यात्रु (ओभरलोड) बोक्ने जस्ता समस्यालाई कडाइका साथ अनुगमन र नियन्त्रण गर्न माग गरे ।

बसपार्कमा मात्रै अनुगमन गरेर हुँदैन। त्यहाँबाट सिटअनुसार यात्रु बोकेको बसले कलङ्की र बालाजु पुगेपछि थप यात्रु कोच्छ,’उनले भने, ’अनुगमन रुटभरि नै हुनुपर्‍यो। यात्रुको जीवन सुरक्षित गर्ने कुरा पहिलो प्राथमिकता हो ।’ 

उनले भाडा समायोजनलाई वैज्ञानिक बनाउन स्वचालित प्रणाली (अटोमेसन) मा लैजानुपर्ने र अनलाइन टिकट प्रणालीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

यस्तै यी समस्याहरू भौतिक पूर्वाधार मन्त्रालयको मात्रै नभई गृह मन्त्रालय लगायत अन्य निकायसँग पनि सम्बन्धित भएकाले समन्वयात्मक रूपमा काम गर्न सांसद ज्वालाले आग्रह गरे ।  साथै उनले सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा ऐन’ तत्काल ल्याउन पनि सरकारलाई दबाब दिए ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »