कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय

धरान (सुनसरी), २ भदौ । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कोशी प्रदेश सरकारअन्तर्गतको आन्तरिक राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा कार्यालयको उद्घाटन गरिएको हो । आज आयोजित एक समारोहबीच कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले प्रदेश सरकारले अपेक्षाअनुसार राजस्व सङ्कलन गर्न नसकेको परिस्थितिमा सुधार ल्याउन यो कार्यालय स्थापना गरिएको बताउनभयोे । “जनतामा करको बोझ नपर्नेगरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको हो,” उहाँले भन्नुभयो । मन्त्री रानाका अनुसार कुन–कुन क्षेत्रबाट राजस्व सङ्कलन हुन सकेको छैन भन्ने पहिचान गरी अब कार्यालयमार्फत आवश्यक समन्वय र सहजीकरण हुने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनमा जोड दिँदै समावेशी र दिगो आर्थिक प्रणाली निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा मोहन सुवेदी, सशस्त्र प्रहरी बल नं ४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »