पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

म्याग्दी, २ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् ।

उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । “घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,” उहाँले भन्नुभयो, “मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।”

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »