कोशी प्रदेशसभामा छलफल निरन्तर

विराटनगर, २ भदौ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा कोशी प्रदेशसभा सदस्य जीवन आचार्यसहित थप १३ प्रदेशसभा सदस्यले बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिनुभयो । भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले सभामा विभित्र समयमा उठेका विषयमा जवाफ दिँदै प्रदेश सरकारले आफ्नो समाथ्र्यअनुसार जनताका काम गरिरहेको जानकारी दिनुभयो । प्रदेश मातहतका विकासका योजनालाई समयमै पूरा गराउन सरकार प्रतिबद्ध रहेको चर्चा गर्दै उहाँले संविधानमा उल्लिखित अधिकार प्रदेश सरकारले पाउनुपर्ने जिकिर गर्नुभयो ।

मन्त्री राईले सरकारी अस्पतालको अवस्था नै राम्रो नरहेको अवस्थामा निजी अस्पतालमा सरकारले लगानी गर्न नसकिने जानकारी दिँदै योजना छात्रे, लगानी गर्ने तर अधिकार नदिने कुरा उचित नभएको बताउनुभयो । विशेष समय नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेङयाङ्बोले आफ्नो पार्टी सबै धर्म, जाति, भाषा र संस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने पक्षधर हो भत्रुभयो । राजनीतिक परिवर्तनकै बलमा जनताले अहिलेको अधिकारको अनुभूति गर्न सकेको जिकिर गर्दै उहाँले भाषा ज्ञान, सीप, भावना र विचार आदानप्रदान गर्ने माध्यम हो भत्रुभयो । उपनेता मेङयाङ्बोले भाषा आयोगले सिफारिस गरेको सरकारी कामकाजको भाषाका विषयमा सरकारले विधेयक ल्याइसकेको जानकारी दिँदै यसमा सबै सांसदहरुले सर्वसम्मतले पारित गर्न आग्रह गर्नुभयो ।

आगामी कातिक २५ गतेदेखि लागू हुनेगरी आएको विधेयकलाई प्रदेशका जनताले अपनत्व ग्रहण गर्न सुझाव दिँदै उपनेता मेङयाङ्बोले इतिहासमा पहिलो पटक कोशी प्रदेशमा मैथिली र लिम्बू सरकारी कामकाजको भाषा हुन गइरहेकामा खुसी व्यक्त गर्नुभयो । कोशी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले सरकारले ल्याएको विधेयकले मैथिली र लिम्बू भाषीको सम्मान गरेको चर्चा गर्नुभयो । उहाँले व्यावहारिक रुपमा ऐनका रुपमा आएको यो विधेयकसँगै सरकारको पहुँच नागरिक तहसम्म पुगेको चर्चा गर्दै लोकतन्त्रको मूल्य र मान्यतालाई शिरोधार्य गर्ने नेपाली कांग्रेस कुनै पनि धर्म, भाषा, जाति, पहिचान र संस्कृतिको विरोधी नभएको स्पष्ट पार्नुभयो । शून्य समय शून्य समयमा कोशी प्रदेशसभा सदस्यहरु ममता तामाङ मगर, गीता रानी महतो र नम्बरलाल धिमालले विविध समस्याबारे प्रदेश सरकारको ध्यानार्षण गराउनुभएको थियो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »