उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : महासचिव पोखरेल

सुदूरपश्चिम, २ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले उपयुक्त वातावरण बनेपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको स्पष्ट पार्नुभयो ।

पोखरेलले भन्नुभयो, “संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरु सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छभने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उयपुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।” उहाँले भन्नुभयो, “हामी अस्थिरता अन्त्य गर्छौँ ।”

उहाँले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताउनुभयो । महासचिव पोखरेलले तुलनात्मक रुपमा पहिले भन्दा राजश्व सङ्कलन वृद्धि भएको, सोधनान्तर स्थिति बचतमा रहेको, निर्यात इतिहासकै उच्च बिन्दुमा पुगेको उल्लेख गर्नुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »