‘म राजावादी होइन, राष्ट्रवादी हुँ’ — दुर्गा प्रसाईं

काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि भएको आन्दोलनका ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईंले राजसंस्था पुन:स्थापनाको ‘एजेन्डा’ छाडेका छन् ।

उनले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन भाँड्ने काम राजावादी र राप्रपाले गरेको आरोप लगाए । सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर प्रसाईंले आफू राजावादी नरहेको बताएका हुन् ।

‘म राजसंस्था फाल्नका लागि सैनिक हिरासतमा बसेको मान्छे हुँ । म राष्ट्रवादी थिए । राजालाई भेट्दा पनि भनेको थिएँ, म राष्ट्रवादी हुँ,’ प्रसाईंले भने । उनले राप्रपाका रवीन्द्र मिश्र र धवल शमशेर राणाको पनि आलोचना गरे ।

‘म पुग्नुअगावै धवल शमशेर र रवीन्द्र मिश्र तीनकुने पुगेका थिए । घटना भएपछि हामी पाहुना थियौं भनेर उम्किन कोशिश गरे,’ उनले भने, ‘१५ गतेको आन्दोलन भड्काउने काम राजाको ट्याटु खोपेकाहरूले गरेका हुन् । आन्दोलन बिगारेको राजावादी र राप्रपाले हो ।’

राजसंस्थाबारे सोधिएको प्रश्नमा प्रसाईंले भने– ‘हाम्रो एजेन्डा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल भनेपछि बुझ्नुस् न ।’ नयाँ दल खोल्ने घोषणा समेत गरेका प्रसाईंले व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने बताए ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »