पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, ३ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानूकुल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ । आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रम सुधारका लागि सुझावहरू सिफारिस गरेको छ । मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो । हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौँ भने उनीहरू आफ्नो र परिवारको मात्र होइन, सिङ्गो समाजकै स्वास्थ्यका लागि परिर्वतनका संवाहक बन्न सक्छन् ।” पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरतामा तयार पारिएको प्रतिवेदनबारे प्रशंसा गर्दै स्वास्थ्यजस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त सुझावहरू अत्यन्त मूल्यवान् रहेको बताउनुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »