श्रममन्त्री र सचिवबिच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित मन्त्रालय अन्तर्गतका विभाग, बोर्ड, सुरक्षा कोष तथा आन्तरिक रोजगार व्यवस्थापन महाशाखालगायतका निकायहरूसँग कार्यसम्पादन करारमा हस्ताक्षर गरेको छ । बुधबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा मन्त्री शरतसिंह भण्डारी र श्रम सचिव डा. कृष्णहरि पुस्करबिच एक वर्षे कार्यसम्पादन सम्झौता पत्र आदानप्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले श्रम मन्त्रालयले पछिल्ला दिनमा राष्ट्रको गरिमा बढाउने खालका कार्यहरू गर्दै आएको उल्लेख गरे । उनले नीतिगत सुधार र जनउत्तरदायी सेवा प्रवाहलाई प्राथमिकता दिँदै नागरिकलाई अनुभूत हुने गरी काम गर्न निर्देशन दिए । “हाम्रो अडिट अब जनताले गर्ने गरेका छन्,“मन्त्री भण्डारीले भने, “सेवा प्रवाह तल्लो तहसम्म पुग्नुपर्छ भन्ने उद्देश्यले मन्त्रालयले पेपरलेस र फेसलेस सेवा प्रणालीतर्फ कदम चालेको छ।”

उनले मन्त्रालयभित्र र बाहिरका सरोकारवालासँग नियमित छलफल र समन्वय गर्दै कार्यान्वयनमा देखिने सुधार ल्याउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए । साथै भदौ मसान्तभित्र मन्त्रालयको गरिमा बढाउने कार्यक्रम तयार गर्न सबै निकायहरूलाई स्पष्ट निर्देशन दिए । श्रम सचिव डा. पुस्करले कार्यसम्पादन करारमा उल्लेखित सबै बुँदाहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले जनतामा प्रत्यक्ष असर पर्ने सेवामा कुनै सम्झौता नगर्ने र प्रभावकारी रूपमा लक्षित उद्देश्यहरू कार्यान्वयनमा लैजाने बताए । कार्यक्रममा मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूसँग एक वर्षे कार्यसम्पादन करार सम्झौता गरिएको हो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »