बजेट अभावमा माइभगवती रङ्गशाला रोकियो

फिक्कल (इलाम) : इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ । सात वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थलल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् । रङ्गशाला निर्माणका लागि हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपुरक अनुदानमार्फत रु चार करोड आठ लाख २३ हजार खर्च भएको छ ।

सो रकमबाट चार चरणमा पर्खाल, प्याराफिट र रेलिङ निर्माणको काम सम्पन्न भएका छन् । नगरपालिकाका इञ्जिनियर क्षितिज दाहालका अनुसार अहिलेसम्म समग्रमा रङ्गशालाको करिब १० प्रतिशत काम मात्र भएको छ । समपूरक अनुदानमार्फत रङ्गशाला निर्माणका लागि आर्थक वर्ष २०७६÷७७ मा रु एक करोड ३६ लाख, आव ०७७÷०७८ मा रु ८४ लाख १९ हजार, आव ०७८÷०७९ मा रु ८४ लाख १९ हजार र आव २०७९÷८० मा रु एक करोड दुई लाख ९८ हजार विनियोजन भएको थियो । पछिल्लो तीन आर्थिक वर्षदेखि भने कुनै बजेट विनियोजन हुन सकेको छैन ।

कोशी प्रदेश सरकारसँग पटकपटक बजेट माग गर्दा सुनुवाइ नभएकाले रङ्गशालाले पूर्णता पाउन नसकेको इलाम नगरप्रमुख केदार थापाले बताउनुभयो । ‘रङ्गशाला निर्माणका लागि हामीले प्रदेश सरकारसँग पटक पटक माग गरेका छौँ । तर सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले एक्लैले बनाउन सक्दैन, माथिल्लो सरकारको सहयोगविनाको विकल्प छैन ।” करिब एक सय २० रोपनी क्षेत्रमा बन्ने यो रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार निर्माण सम्पन्न गर्न करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणले पूर्णता पाएपछि फुटबल र क्रिकेटसहितका विभिन्न राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना गर्न जिल्लावासी आशावादी छन् ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »