ज्येष्ठ नागरिकसम्बन्धी ऐन प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

काठमाडौँ, ४ भदौ । राष्ट्रियसभाका सांसदहरूले ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को व्यावहारिक रूपमा कार्यान्वन गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयन’सम्बन्धी छलफलमा सांसदहरूले ऐनमा ज्येष्ठ नागरिकका लागि स्वास्थ्योपचारमा ५० प्रतिशत छुट भनिए पनि व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । सांसद सुमित्रा बिसीले भन्नुभयो, “ज्येष्ठ नागरिकको नागरिकता नहुँदा वृद्धाश्रममा बस्न पनि समस्या भएको छ, कतिपयले वृद्धाभत्ता पनि पाउनुभएको छैन, यो समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्छ ।”

सांसद मदनकुमारी शाह (गरिमा)ले प्रत्येक अस्पतालमा ज्येष्ठ नागरिकका लागि छुट्टै शय्याको व्यवस्था हुनुपर्ने माग गर्नुभयो । कानुनमा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गरिए पनि पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कानुनमा सार्वजनिक सवारीसाधनमा सम्बन्धित सवारीधनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा दुईवटा सिट सुरक्षित राख्नुपर्छ र यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरिएको छ । सांसद रेनु चन्दले ज्येष्ठ नागरिकमैत्री भौतिक संरचना बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसैगरी, सरकारले तोकेको स्वास्थ्य संस्थाले सरकारले तोकेको सङ्ख्यामा ज्येष्ठ नागरिकले त्यस्तो संस्थामा उपचार गराउँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने पनि कानुनमा उल्लेख छ ।

सांसद युवराज शर्माले भन्नुभयो, “यदि बाबुले कमाएको सम्पत्तिमा छोराको हक हुन्छ भने छोराले कमाएको सम्पत्तिमा पनि बाबुको हक हुने कानुनी व्यवस्था गर्नुपर्छ ।” सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएका ७७ जिल्लाका ९४ वटा अस्पतालबाट ज्येष्ठ नागरिकका लागि निःशुल्क तथा आंशिक रूपमा अस्पतालले तोकिएको स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले ज्येष्ठ नागरिक १६ लाख ६० हजार ३७०, दलित ज्येष्ठ नागरिक एक लाख ६१ हजार ८२५, एकल महिला ज्येष्ठ नागरिक एक लाख ७३ हजार ५६० र अन्य ज्येष्ठ नागरिक १७ हजार १५९ तोकिएको सामाजिक सुरक्षा भत्ताबाट लाभान्वित भएका जानकारी दिनुभयो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »