कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग रोक्नुपर्छ : वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ दुई ठुला दल कांग्रेस र एमालेले प्रतिपक्षमा रहेका साना दलहरूप्रति प्रतिशोध साँध्न उद्धत रहेको बताएका छन् । कांग्रेस नेता एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक विमर्श कार्यक्रममा बोल्दै पुनले राज्य शक्तिको दुरुपयोग रोक्न माग गरेका हुन् । गल्ती गर्ने जो कोही कानुन र अनुसन्धानभन्दा माथि नहुने भए पनि प्रतिशोध स्वीकार्य हुन नसक्ने उनको भनाइ थियो । ‘दुई ठुला पार्टीहरू सरकारमा हुनुहुन्छ । तपाईंहरुसँग बढी जिम्मेवारी छ ।

दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखिएको छ’, पुनले भने । पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले न्यायालय र अख्तियारजस्ता निकायलाई प्रतिपक्षी विरुद्ध दुरुपयोग गर्ने कोसिस भइरहेको बताए ।आफ्नो दल सरकारमा हुँदा पनि आफूले विरोधीसँग प्रतिशोध साँध्न राज्य शक्तिको दुरुपयोग गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिएको स्मरण पुनले गरे । ‘विगतमा आफ्नै पार्टीको सरकार हुँदा पनि मैले राज्यसत्ताको दुरुपयोग गरी कसैमाथि प्रतिशोध साँध्न मिल्दैन भनेको थिएँ, उनले भने, ‘सत्तापक्ष, प्रतिपक्षी वा आफैँभित्रको अर्को पक्षविरुद्ध राज्य प्रयोग गरिनुहुँदैन । यो म हिजो पनि भन्थेँ, आज पनि भन्छु ।’

पुनले सरकारमा बसेर एउटा गल्ती ढाक्न अर्को गल्ती गर्दै जाने प्रवृत्ति छाडेर सच्चिन कांग्रेस र एमालेलाई आग्रह गरे । माओवादी केन्द्र आफ्ना गल्तीहरूप्रति जनतासँग माफी माग्न तयार रहेको भन्दै पुनले विगतमा गल्ती सच्याउन तयार रहेको प्रतिबद्धता जनाए । ‘माओवादी केन्द्र आफ्ना गल्तीमा जनतासँग माफी माग्न र सच्याउन तयार छ । आफूले अवसर पाएका बेलामा ध्यान नपुगेका कुरा स्वीकार गर्न हामीलाई कुनै हिचकिचाहट छैन ।’ ठुला पार्टीमाथि जनताको प्रश्न रहेको चर्चा गर्दै उनले गठन भएको ६ महिनामा रास्वपालाई संसद्को चौथो शक्ति बनाएर जनताले पुराना दलप्रति प्रश्न गरेको बताए । लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र र नेताहरूको विकल्प झन् राम्रो नेता भए पनि पपुलिज्मको जगबाट उदाउने अतिजातीवादी र अन्धराष्ट्रवादीहरु विकल्प हुन नसक्ने उनको भनाइ थियो ।

‘हाम्रो पार्टीको कोणबाट हेर्दा लोकतन्त्रको विकल्प झन् राम्रो लोकतन्त्र हो, पार्टी सिस्टमको विकल्प झन् राम्रो पार्टी सिस्टम र नेताहरूको विकल्प झन् राम्रो नेताहरू हो’, पुनले भने, ‘सस्तो लोकप्रियतावादले मुलुकका समस्या समाधान गर्दैन । तर, हाम्रा विचार राजनीतिक, कामकारबाही र कार्यशैलीमा धेरै नै शुद्धीकरण जरुरी छ ।’पुराना पार्टी र नेताहरूले आफूलाई परिष्कार गरेर विचार, र निष्ठाका साथ अघि नबढे मुलुकमा अहिलेको भन्दा थप निराशा छाउने पुनले उल्लेख गरे । ०९८, ००७, ०३६, ०४६, ०५२ र ०६३/०६३ को सङ्घर्षको इतिहाससँग जोडिएका दलहरूले विगतको ब्याजले मात्र अबको नेतृत्व गर्न नसक्ने उनको भनाइ थियो । ‘हिजो बलिदानको ब्याजले मात्र आजको राजनीति धान्न सकिँदैन । मान्छेले विश्वास गर्दैन’, पुनले भने, ‘पुराना पुस्ताका नेताहरूप्रति हाम्रो पुराका पुरा सम्मान छ । पुराना नेताले विचार, राजनीतिक निष्ठा र संस्कार देखाउन जरुरी छ । पार्टीहरू र नेताहरू लोकतान्त्रिक संस्कारमा छन् भन्ने विश्वास दिलाउन नसकेको अवस्था छ । त्यो कुरामा आत्मालोचना गर्नैपर्छ ।’

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »