कम्पनी ऐन अनुसार दर्ता विद्यालयलाई गुठीमा लैजाँदा पछि अदालतले रोक्न सक्छ : घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफूलाई प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक रोक्न आएको आरोप लगाएको बताएका छन् । उनले आफू पूर्व मन्त्री पनि भएको बताउँदै एउटा सांसदले समिति बैठकमा अभिव्यक्त गरेका धारणालाई विधेयक रोक्न आयो भन्नेका धारणालाई पनि आफूले सम्मान गर्ने बताएका हुन् । 

सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा घिमिरेले दक्षिण एसियामा सार्वजनिक विद्यालयको अवस्था सबै देशमा खराब रहेको बताउँदै सुधार्नका लागि ती देशहरूले अँगालेका विधिलाई आत्मसाथ गर्न आवश्यक हुने बताए । 

कम्पनी ऐन अनुसार दर्ता भएका विद्यालयलाई गुठीमा लैजाने व्यवस्था गर्दा पछि अदालतले रोक्न सक्ने भन्दै ध्यान दिनुपर्ने बताए । यो विषय आफूले बहसका लागि मात्रै राखेको भन्दै मिल्ने भए मात्रै राख्न आग्रह गरे । 

सार्वजनिक विद्यालयमा दिनप्रतिदिन विद्यार्थी सङ्ख्या घट्दै गएको बताउँदै यसलाई सुधार्न के गर्ने भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले उमेर हदका विषयमा सोच्नुपर्ने घिमिरेले बताए । अहिले गरिएको सेवा प्रवेशको ३५ वर्षे उमेरलाई ३८ मा पुर्‍याउँदा उपयुक्त हुन्छ ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »