शैक्षिक उन्नयनका निम्ति योगदान गरेकाहरू पुरस्कृत

खोटाङ, ६ भदौ ।यहाँस्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक जना मेधावी विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गर्नुभएका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट बिहीबार उहाँहरूलाई सम्मान गरिएको हो । ‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालयका शिक्षक पदमप्रसाद आचार्य पुरस्कृत हुनुभएको हो ।

उहाँहरूलाई जनही रु २७ हजार ७७७ प्रदान गरिएको छ । ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८२’बाट सिद्धेश्वरी आधारभूत विद्यालय मुडेका प्रधानाध्यापक बिन्दा थापा र कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गुरुङलाई सम्मान गरिएको छ । ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान–२०८२’ भगवती दिनानाथ माध्यमिक विद्यालयका अध्यक्ष अम्बरबहादुर बस्नेतले प्राप्त गर्नुभएको छ । ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८२’ कालिका आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम राईलाई दिइएको छ । यसैगरी, ‘शुभशेर राई दीर्घ शिक्षण सेवा सम्मान–२०८२’ देवीस्थान आधारभूत विद्यालयका शिक्षक मेघराज फुयालले प्राप्त गर्नुभएको छ भने ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८२’बाट चम्पावती माध्यमिक विद्यालयकी छात्रा दिया राईलाई प्रदान गरिएको छ ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »