मन्त्री यादवद्वारा क्षमता अभिवृद्धि केन्द्र उद्घाटन

काठमाडौँ, ६ भदौ । खानेपानी तथा सरसफाइ क्षेत्रको अनुसन्धान, नवप्रवर्तन तथा मानव स्रोत विकासमा थप योगदान पु¥याउने उद्देश्यसहित नगरकोटमा स्थापना गरिएको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आज यहाँ उद्घाटन गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज एक विशेष समारोहबीच सो केन्द्रको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा मन्त्री यादवले केन्द्रले खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारी, प्राविधिक र सरोकारवालालाई अनुसन्धानमा आधारित, व्यावहारिक तथा दक्षता अभिवृद्धिका तालिम प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो केन्द्रबाट देशभरिका खानेपानी तथा सरसफाइसम्बन्धी जनशक्ति प्रशिक्षित भई सेवा प्रवाहलाई अझ प्रभावकारी, जनमुखी र नवप्रवर्तनमैत्री बनाउन मद्दत पुग्नेछ ।” आजको बदलिँदो प्रविधि र बढ्दो जनसङ्ख्याको सन्दर्भमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी तथा सरसफाइ सेवाप्रवाहको आवश्यकता झन् बढेकाले यस्तो अवस्थामा यो केन्द्र अनुसन्धान र अभ्यासमा आधारित तालिम, नवप्रवर्तन र नीतिनिर्माणमा समेत सहयोगी बन्ने मन्त्री यादवले बताउनुभयो ।

केन्द्रको संरचनागत व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले कार्यकारी निर्देशकका रूपमा सहसचिवस्तरको दरबन्दीको व्यवस्था गरिएको र यस केन्द्रको नेतृत्व सहसचिवले गर्ने व्यवस्था गरेपछि सञ्चालन व्यवस्थापनमा थप प्रभावकारी हुने विश्वास गरिएको मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सहसचिव मीना श्रेष्ठ, कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख अशोक पौडेल, मेलम्ची विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासलगायतको उपस्थिति रहेको थियो ।

लागूऔषध सहित सात जना पक्राउ

काठमाडौं : लागूऔषध सहित सात जना पक्राउ परेका छन् । ललितपुर, गोदावरी नगरपालिका-१४ ठैबबाट नियन्त्रित लागूऔषध स्पासपेन ८०० ट्याब्लेट सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले

Read More »

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »