प्रधानमन्त्री ओलीद्वारा कुशे औँसीको शुभकामना

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीको सवैलाई शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना गर्नुभएको हो । प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत जानकारी गराउनुभएको छ । “बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो । कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनुपर्दैन, नजिकसम्मका हिँडडुल गर्न सक्नुहुन्छ”, प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ, “बुबासँग एकछिन उतिबेलाका केही प्रसङ्गमा कुरा भए ।

उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।” प्रधानमन्त्री ओलीले आफू चार वर्षको हुँदा आमा बित्नुभएको उल्लेख गर्दै आमाको अनुहारको धमिलो सम्झना मात्र आफूसँग बाँकी रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतिकात्मकको दिन रहेको बताउनुभएको छ । “बुबाआमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नुपर्छ । टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नीति र सिद्धान्तमा कुनै खोट नरहेको दाबी गर्दै कार्यकर्तालाई कुनै पनि प्रकारको आत्मग्लानि वा रक्षात्मक अवस्थामा

Read More »

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »