आर्थिक अभावमा अपाङ्ग बालआश्रम, सहयोग गर्न आग्रह

झापा, ७ भदौ । अर्जुनधारा नगरपालिका–६ कप्तानबाडीस्थित अपाङ्ग बालशिक्षा सरोकार केन्द्रमा आर्थिक अभाव भएको छ । अभिभावकविहीन बालबालिकाको भरणपोषण एवं शिक्षाका लागि दातामा निर्भर केन्द्रले सहायताका निम्ति याचना गरेको छ । केन्द्रमा आश्रित पाँच बालिकासहित १४ जना बालबालिकाका लागि मासिक रु ६५ हजारभन्दा बढी खर्च हुने गरेको केन्द्रका अध्यक्ष कृष्ण दुलालले बताउनुभयो ।

“दाताहरुले दयापूर्वक दिने सहयोग नै बालबालिकाहरुको बाँच्ने आधार हो”, अध्यक्ष दुलालले भन्नुभयो, “अपुग साधन र स्रोत मागेर व्यवस्थापन गर्दै आएका छौँ ।” साथै उहाँले सहयोगका निम्ति अनुरोध गर्नुभएको छ । केन्द्रका चार जना बालबालिका शौचालयसमेत जान नसक्ने अवस्थाका छन् भने कतिपय ह्विलचियर र वैशाखीको सहायतामा हिँडडुल गर्छन् । अर्जुनधारा नगरपालिकाले मासिक रु पाँच हजार सहयोग दिनेबाहेक संस्थाको अरु नियमित आय छैन । आश्रित बालबालिकामध्ये शारीरिक अपाङ्गता भएका चार जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »