२ हप्ताभित्र रुस–युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने ट्रम्पको चेतावनी

काठमाण्डौं, ७ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताभित्र रुस र युक्रेनबीच युद्धविराम नभए अमेरिकाले ठूलो निर्णय लिने चेतावनी दिएका छन् ।

ट्रम्पले यदि आउँदो दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै प्रगति नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने साहसिक निर्णय लिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । गएको अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पको यो बयान आएको हो ।

ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफूले चाँडै महत्वपूर्ण निर्णय लिने र त्यो ठूलो मात्रामा प्रतिबन्ध, कर वा दुवै हुन सक्ने बताएका हुन् । ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले रुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट आफू खुशी नभएको उल्लेख गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको वकालत गर्दै दुवै नेताहरू सँगै बस्नुपर्नेमा जोड दिए । यस्तै उनले आफ्नो कार्यकालमा सात वटा युद्ध रोकेको र तीन वटा सम्भावित युद्धलाई टारेको दाबी पनि गरेका थिए ।

यसअघि अगस्ट १८ मा यक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासहरूबारे छलफल गर्न युरोपेली नेताहरूसँग ह्वाइट हाउसको भ्रमण गराएका थिए । जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन–जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताएका थिए ।

यद्यपि अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच शिखर सम्मेलन भए पनि रुस–युक्रेन युद्धविराममा सहमत हुन सकेन । यसैबीच ट्रम्पले युक्रेनको एक अमेरिकी कारखानामा भर्खरै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरेको खबरमा उल्लेख छ । यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कामदारहरू घाइते भएका थिए ।

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा

Read More »

सरकारका सय दिन पूर्ण रूपमा असफल : प्रचण्ड

बुटवल‍ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन शाह नेतृत्व सरकारको सय दिन पूर्ण असफल भएको बताएका छन्। नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी

Read More »

कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि

Read More »

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ : महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्न/गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक

Read More »

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

बाँके । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको

Read More »

वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, अवसर पनि हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभएर आफूलाई पुनर्जीवित गर्ने अवसर पनि भएको बताएका छन् ।

Read More »